- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रसका नेता डा.शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरुले कोरोना भ्याक्सिन रोकेको भन्ने समाचारले लज्जित बनाएको बताएका छन् ।
विहीबार सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले प्रधानमन्त्री ओली निकट व्यावसायीहरु बिजय दुगड र रितु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने भन्दै कोइरालाको प्रश्न छ– ‘महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’
डा.कोइरालाले लेखेका छन्–कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु बिजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ। महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?
पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो। देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन्।’