arrow

महामारीमा सिजीको 'फ्रुट तथा भेजिटेबल प्युरिफायर' लाभदायक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
cg-veg-fruits-purfier.jpg

काठमाडौँ। बढ्दो कोरोना भाइरसलाई मध्य नजर गरी सिजी ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ। अहिलेको अवस्थामा स्वस्थ रहन तथा खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरी खाना मिल्ने बनाउनलाई सिजीले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको कम्पनीले जनाएको छ।

हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउँदछ नै साथ साथै किचेको पनि शोभा बढाउँदछ। यो प्युरिफायर १० लिटर सम्मको क्षमतामा बजारमा पाउन सकिने कम्पनीले जनाएको छ। यसले तरकारी र फलफूल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित गर्दछ। प्युरिफायर भएको हुनाले यसले किचेनको चक्कु, चम्चा, टेबल वेयर, बच्चाको दूध खाने बोतल आदी पनि प्रशोधित गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसमा ओजोन डिस् इन्फेक्सन टेक्नोलोजी भएको कारण यसले हानिकारक ब्याक्टेरिया, फङ्गस आदिलाई मारेर खानालाई प्रशोधित गर्दछ। यो प्युरिफायरले खानामा भएको पौष्टिक तत्त्वहरूलाई भने जस्ताको तस्तै राख्ने गर्दछ।

यसमा अटोमेटिक टाइमर, पुस बटनका साथै सजिलै पढ्न मिल्ने डिजिटल डिस्प्ले पनि भएको हुनाले यसलाई सजिलै चलाउन सकिन्छ। यसको खरिदमा १२ महिनाको वारेन्टीको पनि व्यवस्था गरेको सिजीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ