arrow

ओलीमाथि भीम रावलको प्रहार: 'अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
Bhim-rawal.gif.gif

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र प्रबृत्तिमाथि कडा आलोचना गर्दै आएका एमाले नेता भीम रावलले विहीबार फेरि ओलीमाथि प्रहार गरेका छन् ।

बैशाख २७ गतेका लागि आब्हान गरिएको संसदको विशेष अधिवेशनमा विश्वासको मत जुटाउन नेताहरुको घरदैलोमा पुग्न थालेका ओलीमाथि रावलले कडा प्रतिक्रिया दिएका हुन् ।

विहीबार विहान सामाजिक संजालमार्फत रावलले ओलीलाई कार्यशैलीलाई अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो भनेका छन् ।

उनले लेखेका छन्-‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुशरूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु, कारवाही गर्नु र कुनै छलफल, परामर्श नगर्नु तर विपक्षी दलसंग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो। यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ