arrow

एमाले स्थायी कमिटी बैठकः उपनिर्वाचन र संसदमा विश्वासको मत कसरी लिनेबारे केन्द्रित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
kp-1620282835.jpg

काठमाडौं । नेकपा(एमाले) को स्थायी कमिटी बैठक राष्ट्रियसभाको उपनिर्वाचन र प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतका विषयमा केन्दित भएको छ ।

विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यूले एमालेका उम्मेद्वारलाई जिताउनेगरी कसरी तयारी गर्ने र विश्वासका मतका बारेका के गर्ने भन्नेबारे सुझाव माग्नुभयो,’ उनले भने,‘विश्वासको मतका बारे सबै दलहरुसँग छलफल गर्ने र उपनिर्वाचनमा उम्मेदवारका विषयमा पनि छलफल केन्द्रित भयो ।’

वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा बैठकमा विषेश कुराकानी भएको वालुवाटार स्रोतले बतायो । यसबारेमा अन्य दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ