arrow

शीतल निवास पुगे ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
sital-niwas.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

भेटमा उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा राष्ट्रपतिलाई जानकारी गराउने वालुवाटार स्रोतले बताएको छ । 

प्रधानमन्त्री ओलीले २७ बैशाखमा प्रतिनिधि सभामा विश्वासको मत लिने बताइसकेका छन् । तर अहिले जारी भेटमा सम्भावित अवस्था र त्यसपछि लिने कदमका बारेमा छलफल गरिरहेको बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ