arrow

कोरोना संक्रमणबाट पोखरामा थप तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
pokhara

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहिवारमात्रै तीन जनाको मृत्यु भएको छ । साथै म्याग्दीका एक जनाको पनि बिहिवारै मृत्यु भएको छ । 

मृत्यु हुनेमा एक महिला र तीन जना पुरुष छन् । पोखरा महानगरपालिका वडा नं. ३ का ८७ वर्षीय पुरुष छन् । उनको मंगलबार कोरोना संक्रमण भएको थियो । 

उनको बुधबार पोखरास्थित चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

यस्तै, पोखरा २९ का ४१ वर्षका पुरुषको बिहिवार बिहान निधन भएको हो । बुधबार कोरोना संक्रमित उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी पोखरा १७ का ७३ वर्षका पुरुषको बुधबार साँझ कोरोना संक्रमणकै कारण मृत्यु भएको हो । यी पुरुषमा वैशाख १८ गते कोरोना संक्रमण देखिएको थियो । उनको पनि मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यता, म्याग्दी धौलागिरि गाउँपालिका वडा नं. २ का ७२ वर्षकी महिलाको बिहिवार बिहान मृत्यु भएको छ । बुधबार कोरोना संक्रमित ती महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

योसंगै गण्डकी प्रर्देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २४१ पुगेको छ । साथै पोखरामा मात्रै १३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ