arrow

देउवा सरकारका मन्त्रीको संक्रमणबाट निधन, देउवा दु:खी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं । पूर्व मन्त्री मोतिप्रसाद पहाडीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री पहाडीको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहिवार बिहान १:४० बजे मृत्यु भएको हो । 

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए । 

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए । 

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । २०४६ को ऐतिहासिक जनआन्दोलन पश्चात नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले पुर्‍याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले पूर्व मन्त्री पहाडीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

साथै, उनको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ