arrow

तत्काल नेपालमा खोप आउने सम्भावना न्यून

ज्येष्ठ नागरिकहरू माथि भद्दा मजाक

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-vaccine-covid.jpg

काठमाडौं । नेपालमा तत्काल कुनै खोप आउने सम्भावना न्यून देखिएको छ । कोभिड-१९ को सङ्क्रमण भयावह बन्दै गइरहेको अवस्थामा एक मात्र प्रमुख विकल्पका रूपमा रहेको खोप तत्काल नभित्रिने सम्भावना देखिएको हो ।

भारतबाट खरिद प्रक्रियामा रहेको कोभिसिल्ड, चीनले अनुदान दिएपछिको सिनोफार्म (भेरोसेल) र रुसी स्पुतनिक भी खोपमध्ये कुनै पनि खोप तत्काल देशमा उपलब्ध हुने सम्भावना छैन ।

भारत सरकारले सुरुमा अनुदानमा १० लाख डोज खोप दिँदा गत माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो ।

त्यति बेला खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउने घोषणा समेत गरेका थिए । 

भारत आफै कोरोना भाइरसको संकटबाट गुज्रिरहेको अवस्थामा तत्काल भारतबाट पनि खरिद सम्झौता भएकै १० लाख डोज खोप समेत आउने सम्भावना न्यून छ ।

स्वास्थ्य मन्त्रालयले भारतबाट खोप आपुर्तिका लागि प्रक्रियामै रहेको बताए पनि खोप तत्काल आउने सम्भावना भने देखिँदैन ।

त्यसपछि भारतको सेरम इन्स्ट्यिुटबाट २० लाख डोज खोप किनेकोमा १० लाख अझै आइपुगेको छैन । जसका कारण पहिलो डोज लगाएका १३ लाखभन्दा बढी मानिसलाई दोस्रो डोज समयमै पाउने अनिश्चित छ । 

उसो त, भारतबाटै खोप भित्र्याइसक्ने अवस्था भएपनि सरकारकै आसेपासे विचौलियाका कारण खोप भित्रिन नसकेको समाचारहरू बाहिरिएका छन् । दुई महिनाअघिदेखि नै भारतको सेरम इन्स्ट्यिुटका नेपाली एजेन्टको कमिसनको खेलमा सरकारसँग सम्झौता हुन नसक्दा कोभिसिल्ड खोप भित्रिन नसकेको पाइएको छ ।

भारतीय खोप लगभग नआउने निश्चित जस्तो भएको छ। खोप ल्याउन भएको कमिसनको खेल छताछुल्ल भएपछि सरकारले कुनै ठोस प्रतिक्रिया दिएको छैन। सम्बन्धित व्यक्तिहरू भारतीय खोप अहिलेलाई आस मारे हुन्छ भन्न थालेका छन्। 

सरकारको नालायकी पन र केही लोभीपापीहरुको द्रव्य मोहले करिब १३ लाख जेष्ठ नागरिक दोस्रो डोज खोप लगाउनबाट वञ्चित हुँदै छन्। ज्येष्ठ नागरिकहरू माथि गरिएको यो भद्दा मजाक हो। 

रुसी खोप खरिद प्रक्रिया सुस्त
विभिन्न देशहरूले कोरोना भाइरसविरुद्धको रुसी खोप स्पुतनिक भीको लाखौं डोज खोप खरिद गरेर लगाइ रहेका छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपालका लागि रुसी राजदुत अलेक्सेइ नोभिकोभले नेपाललाई खोप उपलब्ध गराउन रुस सकारात्मक रहेको बताएका थिए ।

वैशाख १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले रुसबाट खोप खरिद गर्ने क्रममा सरकार रहेको बताएका थिए । यद्यपि खोप खरिद प्रक्रियाको टुंगो नलागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

खोप खरिद गर्नका लागि कम्पनी दर्ता भएका र रुसी खोप स्पुतनीक भी औषधि व्यवस्था विभागमा दर्ता भइसकेको डा. गौतमले बताए ।

खोप सरकार आफैले खरिद गर्ने या कम्पनीहरूबाट खरिद हुन्छ भन्ने विषयमा समेत टुङ्गो नलागेको उनले बताए । ‘यसका लागि मोडालिटि बनाउने हो, टुङ्गो लागि सक्या छैन,’ प्रवक्ता गौतमले भने । 

यसबाट तत्काल रुसी खोप खरिद पक्रियाले गति नलिने देखिएको छ । रुसी खोप भित्र्याउन पनि यस्तै अवस्था सिर्जना हुने होकी भन्ने आशंका समेत उत्पन्न हुन थालेको छ ।

कति प्रभावकारी छ रुसी खोप ?
लान्सेटमा प्रकासित एक अध्ययनमा रुसी स्पुतनिक भी खोप ९२ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको उल्लेख छ । यो खोपले अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपले जस्तै काम गर्छ । दोस्रो डोज २१ दिनको अन्तरमा दिइने यो खोपको पहिलो र दोस्रो डोजमा केही भिन्नता छ । अर्जन्टिना, भेनेजुएला, इरान, युएईलगायत दर्जनौं देशहरूमा यो खोप लगाइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ