arrow

बिहिवार नौ हजार थपिए संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-nepal-update-1620371793.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  आठ अजार ९७० र सय जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

बिहिवारसम्म नेपालमा कोरोना भाइरस संक्रमित तीन लाख लाख ६८ हजार ५८० पुगेका छन् । त्यस्तै पछिल्लो समय थप दुई हजार ७०७ जना निको भएका छन् । यससँगै निको हुने दुई  लाख ९२ हजार ४९० छन् । निको हुने दर भने ७९ दशमलब चार प्रतिशत  छ । 

अहिले देशभर ७२  हजार ५६१ सक्रिय संक्रमित छन् ।  तीमध्ये ६७ हजार २४६ जना होम आइसोलेशनमा र पाँच हजार ३१५ जना संस्थागत आइसोलेशनमा छन् । 

त्यस्तै ६५२ जनाको सघन उपचार कक्ष र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको  छ । तीन सय १४ जना क्वारेन्टिनमा छन् ।  हालसम्म नेपालमा २५  लाख ७८ हजार ४१८   को पिसिआर परीक्षण भएको छ ।  

त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५४ जनाको मृत्यु  भएको छ ।  हालसम्म तीन हजार ५२९  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 



नयाँ