arrow

‘केपी ओली अध्यादेशबाटै मुलुक चलाउन चाहनु हुन्छ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
yubraj-gyewali.jpg

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशबाटै मुलुक चलाउन चाहेको आरोप लगाएका छन् । उनले आफूसँग बहुमत हुँदाहुँदै माओवादी केन्द्रलाई जबरजस्ती मलाई समर्थन चाहिँदैन भन्दै माओवादी नभए पनि देश चल्छ भनेर अहम् देखाएको बताए । 

नेता ज्ञवालीले आफ्नै पार्टीका नेताहरुलाई समेत कारबाही गर्ने अनि अन्त भौंतारिने बानीले मुलुक जटिल अवस्थामा पुगेको पनि बताए । उनले केपी ओलीबाट संसद कसरी जोगाउने, संविधान कसरी जोगाउने भनेर आफूहरु सचेत रहेको समेत बताए । ओलीले बहुमत भएको सरकारलाई अल्पमतमा पारेर अध्यादेशबाटै मुलुक चलाउन थालेको आरोपसमेत लगाएका हुन् । 

उनले अहिले कुनै पनि हालतमा संसद विघटन गरिनु हुँदैन भन्नेमा लागेको पनि बताएका छन् । अहिले कसलाई प्रधानमन्त्री बनाउने र कसलाई हटाउने भन्दा पनि संविधान बचाएर यो समयमा संसद विघटन नगरी अगाडि बढाउनु पर्नेमै आफूहरुको जोड रहने नेपाली रेडियो नेटवर्कसँग बताए । 

उनले भने, ‘संसद विघटन गर्ने केपी ओलीजीको योजनालाई विफल पार्न भोट हालेर जोगिन्छ कि, राजीनामा दिएर जोगिन्छ कि जे हुन्छ त्यही गरेरै भए पनि भूमिका खेल्नुपर्छ । अहिलेको परिस्थितिमा मध्यावधि निर्वाचनमा जानुबाट जोगाऔं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ