arrow

रेडियो नेपाल दिपायलमा कार्यरत पुरुष संक्रमितको मृत्यु

logo
प्रकाश बम
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
doti-1620370671.jpg

डोटी । डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

२२ गते अस्पतालमा भर्ना उनको जिल्ला अस्पतालबाट रिफर गरिसकेपछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै निधन भएको हो । कञ्चनरुप नगरपालिका–८ सप्तरी घर भएका उनी रेडियो नेपाल दिपायल कार्यरत थिए । अक्सिजनको साहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरको आवश्यक परेपछि रिफर गरिएको थियो ।

यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बुधबार जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।



नयाँ