arrow

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : डा.खिमलाल र बादलले गराए उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
khimlal-badal.jpg

हेटौंड । राष्ट्रियसभा सदस्य रिक्त पदका लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा.खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।  वागमती प्रदेशको सदरमुकाम हेटौंडास्थित निर्वाचन कार्यालयमा पुगेका उनीहरुले शुक्रबार मनोनयन दर्ता गराएका हुन् ।

देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।

देवकोटाको समर्थकमा शालिकराम जम्कट्टेल र प्रस्तावकमा राधा घले छन् । उनले काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै अग्नि खरेललाई साथ लिएर सिम्रिक एयरको हेलिकप्टर चढेर हेटौंडा उत्रिएका गृहमन्त्री बादलले पनि मनोनयन दर्ता गरेका छन् । बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल छन् भने समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेदबार बनाउने निर्णय गरेको थियो ।

निर्वाचन कार्यालयले वाग्मती प्रदेशमा रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका तोकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ