arrow

कोभिसिल्ड खोप खरिदको जिम्मा हाम्रो हैन, नाम जोडेर आएका समाचार असत्य हुन् : स्वास्थ्य मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको सेरम इन्स्ट्यिुटसँग खरिद सम्झौता भएको कोभिसिल्ड खोपको खरिदमा मन्त्रालयको कुनै हात नरहेको बताएको छ ।

शुक्रवार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गर्दै कोभिसिल्ड खोप खरिद गर्ने सम्पूर्ण जिम्मा स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेकाले यसमा मन्त्रालयको नाम जोडेर आएका समाचारमा सत्यता नरहेको बताएका हुन् ।

मन्त्रालय अन्तर्गत नै रहेको स्वास्थ्य सेवा विभागले खोप खरिद प्रक्रियामा सम्पूर्ण निर्णय गरेको भन्दै मन्त्रालयको नाम जोडेर आएका समाचार गलत भएको मन्त्रालयको भनाइ छ ।

भारतको सेरम इन्स्ट्यिुटसँग प्रति डोज ४ डलरका दरले खोप खरिद गर्ने सम्झौता अनुसारका २० लाख डोज खोपमध्ये १० लाख आपूर्ति हुन बाँकी रहेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सेरम इन्स्ट्यिुटमा आगलागी भएका कारण खोप आपूर्ति हुन नसकेको उल्लेख गरिएको छ । तर, सो आगलागी सेरमले बनाइरहेको रहेको नयाँ भवन क्षेत्रमा भएको थियो ।

सोही दिन नै इन्स्ट्यिुटले आगलागी कारण खोप उत्पादनमा कुनै असर नपर्ने बताएको बिबिसीमा उल्लेख छ । 

खासमा, खोप खरिद प्रक्रियामा विचौलिय पसेपछि खोप नेपाल आपूर्ति हुन नसकेको समाचारबाट मन्त्रालयले आफ्नो बचाउ गरेको छ। मन्त्रालयले थप ५० लाख खोप खरिद गर्ने अवस्था हाललाई नरहेको बताएको छ ।

तर, यो खोप खरिद प्रक्रियामा आपुर्तिकर्ता कम्पनीले बढी कमिसन मागेका कारण आपूर्ति हुन नसकेको समाचारहरु (खरिदकर्ता कम्पनीको पत्रसहित) प्रकाशित भएका छन् । यद्यपि मन्त्रालयले यो सबै जिम्मा स्वास्थ्य सेवा विभागसँग भएका कारण मन्त्रालयको नाम जोडिएर आएका समाचारहरूमा सत्यता नरहेको मन्त्रालयको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ