arrow

हेलिकप्टर चढेर हेटौँडा आएका गृहमन्त्री 'बादल'ले भने - 'यो चुनावमा मेरो जित सुनिश्चित छ'

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
badal.png

हेटौँडा । गृहमन्त्री राम बहादुर थापा 'बादल' ले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफूले जित्ने बताएका छन् । 

सिम्रिक एयरको हेलिकप्टर चढेर हेटौँडा उत्रिएका गृहमन्त्री बादलले हेटौँडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेकपा एमालेको सम्पूर्ण मतले आफ्नो विजयी सुनिश्चित रहेको दाबी गरे ।

नेकपा एमाले भित्रै एउटा समूहले अर्कै उम्मेदवारलाई समर्थन गर्ने कुरो आएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'त्यो हल्ला मात्र हो, त्यस्तो कुनै सम्भावना हामीले देखेका छैनौँ ।' 

आगामी जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।

स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा, नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा “बादल” र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङको उम्मेदवारी परेको हो ।

तिनै जाले हेटौँडा स्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटा र तामाङले उम्मेदवारी दर्ता गराएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ