arrow

अक्सिजन ग्याँस उत्पादक सङ्घद्वारा सिलिन्डर फिर्ता गर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
oxygen-122.jpg

काठमाडौं । नेपाल अक्सिजन ग्याँस उत्पादक सङ्घले सम्पूर्ण व्यक्ति, सङ्घसंस्था एवं उद्योगहरूलाई प्रयोगमा नरहेका सिलिन्डरहरू फिर्ता गर्न आह्वान गरेको छ ।

काठमाडौँ उपत्यकाका नौ उद्योग सदस्य रहेको सङ्घका अध्यक्ष गौरव शारदाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

तपाइहरूको यो योगदानले धेरैको ज्यान जोगिन सक्छ विज्ञप्तिमा उल्लेख छ । कोभिड१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला अक्सिजन सिलिन्डरहरूको माग पनि बढिरहेको अवस्था छ ।

यस्तोमा धेरै मानिस एवं उद्योगहरूमा प्रयोगमा नआएका अक्सिजन सिलिन्डरहरू रहेको पाइएपछि सङ्घले विज्ञप्ति जारी गरेको हो ।यसअघि स्वास्थ्य मन्त्रालयले समेत अक्सिजन सिलिन्डरहरू फिर्ता गर्न आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ