- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । अहिलेको कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान दाउमा राखेर बिरामीको सेवा गरिरहेको सबैले देखे सुनेको कुरा हो।
स्वास्थ्यकर्मीहरू वास्तवमा भगवान् नै हुन् भन्दा फरक नपर्ला तर यस्तो जटिल परिस्थितिमा ती स्वास्थ्यकर्मीलाई आक्रमण हुनु सारै गलत कार्य हो। यस्तै घिनलाग्दो घटना आज भेरी अस्पतालमा भएको छ।
भेरीमा स्वास्थ्यकर्मी बिरामीका आफन्तबाट आक्रमणको सिकार बन्नु परेको छ । यो सुन्दा अति आश्चर्य लाग्छ!
भेरी अस्पतालको इमर्जेन्सी वार्डका एक जना स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो। ड्युटीमा रहेका स्वास्थ्यकर्मी शाहीमाथी आक्रमण शाहीलाई कोरोना सङ्क्रमितहरूका आफन्तले आज बिहान आक्रमण गरेका हुन् ।
भेरी अस्पतालको कोरोना वार्डमा सङ्क्रमितको मृत्यु भएपश्चात् इमर्जेन्सीमा आएर डाक्टर खै भन्दै ५/७ जनाको समूहमा आएका मृतकका आफन्तहरुले आफूलाई आक्रमण गरेको शाहीले बताए।
"इमर्जेन्सी वार्डका डाक्टर अनिल महर्जन पनि म देखि नजिकै हुनुहुन्थ्यो तर मृतकका आफन्तले मलाई अगाडी देखेपछि सिधै आक्रमण गरेको" हेल्थ असिस्टेन्ट शाहीले भने।
'यस्तो विषम परिस्थितिमा हामीहरू १४ दिनको आइसोलेसन बसेर बिरामीको सेवा गर्न भनेर आएका छौ तर हामीलाई नै आक्रमण हुनु कति दुर्भाग्यपूर्ण कुरा हो' डाक्टर अनिल महर्जनले भने।
कोरोना वार्डमा के भएको हो त्यो पनि थाहा हुन नपाउँदै यसरी एक्कासि आक्रमण हुनु निकै खेदपूर्ण कुरा रहेको डाक्टर महर्जनले बताए।
यता आक्रमण पश्चात् पनि अस्पताल प्रशासनले र प्रहरीले समेत कुनै वास्ता नगरेको र कुनै कारबाही प्रक्रिया अघि नबढाएको इमर्जेन्सीका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अस्पतालको संयुक्त इमर्जेन्सी चिकित्सक, तथा पारा मेडिक्सको टोलीले तत्काल दोषीहरूलाई कारबाही प्रक्रिया अगाडी बढाउने पर्ने र यदि यसो नगरेमा आन्दोलनमा जाने चेतावनी दिएको छ।