arrow

नौं दिनपछि डा.भट्टराई अस्पतालबाट फिर्ता : जाँदाजाँदै वीर अस्पतालको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
baburam-bir.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सफल भएर घर फर्किनेबेलामा वीर अस्पतालको खुलेर प्रशंसा गरेका छन् ।

शुक्रबार ‘देशको जेठो र अग्रणी अस्पताल वीर अस्पतालबाट नवौं दिनमा शल्यक्रियामा महत्वपूर्ण योगदान गर्नुहुने सबैसंग विदा भएर निवास फर्कदा मनमा उठेका केही तरंग’ भन्दै वीरको उपेक्षा गर्नुनहुने बताउँदै केही प्रश्न पनि उठाएका छन् । 
उनले सामाजिक संजालमा लेख्दै आफ्नै देशको सरकारी अस्पतालमा यति स्तरीय र कम खर्चिलो सेवासुविधा हुॅदाहॅदै कथित भीआइपीहरू किन निजी मुनाफामुखी अस्पताल वा विदेशी अस्पताल धाउॅछन् ? भनेर प्रश्न गरेका छन् ।

‘देशको नेतृत्व गर्नेहरूले नै स्वास्थ्य सेवालाई निजी मुनाफाको क्षेत्र बनाउन प्रोत्साहन गरेपछि स्वास्थ्य सेवामा सबैको मौलिक अधिकार र राज्यको दायित्व हुनेछ भन्ने हाम्रो संविधानको प्रतिबद्धता कसरी पूरा हुन्छ ?, डा.भट्टराईको प्रश्न छ ।

उनले अगाडि लेखेका छन्,-‘इ सं १८८९ (बि सं १९४७)मा संघीय राजधानीको केन्द्रमा स्थापित वीर अस्पतालसंग कुनै न कुनै वेला र रूपमा नजोडिएको कुनै ठुलो नेपाली राजनीतिक नेता/चिकित्सक/वौद्धिक/उद्यमी–व्यवसायी पाउन कठीन हुॅदाहुॅदै पनि यो अस्पतालप्रति किन प्रायः सबैको यत्रो उपेक्षाभाव ? वीर अस्पताललाई आधुनिक युग र देशको आवश्यकता अनुरूप राज्यले पूर्ण दायित्व लिएर देशको प्रमुख स्वास्थ्यसेवा/अध्ययन–अनुसन्धान केन्द्र किन नबनाउने ?’

‘तत्काल वीर अस्पताल संघीय स्वास्थ्य मन्त्रालय कि राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स)मातहत भन्ने प्राविधिक/आर्थिक/व्यवहारिक अस्पष्टता र झमेला तथा चिकित्सक/स्वास्थ्यकर्मी/कर्मचारी वीचमा अन्योल, असमझदारी, चलखेलले आक्रान्त बनेको देखिएकाले यसको तत्काल वस्तुसंगत निरूपण गर्न किन ढिलाइ ?’ उनले भनेका छन् ।

डा.भट्टराईको अस्पतालमा डा.सुबोध अधिकारीको नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रियाका लागि अघिल्लो साता नै भर्ना भएका उनलाई यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ