arrow

दीप बस्न्यात धरौटीमा छुट्दा छुटेनन् बालुवाटार काण्डका नाइके शोभाकान्त, विष्णु पौडेल तनावमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
deep-bishnu-sofakanta.jpg

काठमाडौँ। सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा आनन्द मोहन भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यो आदेश गरेको हो।

न्यायधिशद्वय खतिवडा र भट्टराईबीच अर्का आरोपी शोभाकान्त ढकालको बारेमा भने राय बाझिएको छ। खतिवडाले धरौटीमा छोड्न दिएको राय विपरीत भट्टराईले पुर्पक्षका लागि जेलमै राख्ने राय दिएका थिए। दुई सदस्यीय बेन्चमा राय बाझिएकोले पूर्ण इजलासमा ढकालको विषयमा सुनुवाइ हुने भएको हो ।

ढकालको मुद्दा सुकबार नटुङ्गिँदा सबैभन्दा तनावमा भने अर्थमन्त्री विष्णु पौडेल परेका छन्। ढकाल मन्त्री पौडेलका भित्रिया र विश्वासपात्र हुन्। पौडेलको कतिपय सम्पत्ति उनको नाममा रहेको र उनले पौडेलका तर्फबाट विभिन्न ठाउँमा लगानी समेत गरेको स्रोतको दाबी छ। बालुवाटारमा पौडेलको नाममा रहेको जग्गा समेत उनै ढकालले मिलाइदिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ