arrow

लक्ष्मी हुण्डाईले गण्डकी प्रदेशलाई दियो ५० लाख बराबरको स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
hyundai-gandaki-province-ppe.jpg

काठमाडौँ। नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख रुपैयाँ बराबरका कोभिड–१९ उपचार का बेला चाहिने पिपिई लगायतका आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ। कम्पनीले गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कोरोना भाइरसको सङ्क्रमण  रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको हो। यसको मूल उद्देश्य आवश्यकता परेका बिरामीहरूलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

लक्ष्मी हुण्डाईले सधैँ यस्ता परोपकारी उद्देश्यहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेको बताएको छ। लक्ष्मी ग्रुपले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रु। एक करोड सहयोगका साथै फिभर क्लिनिक स्थापना लागि आर्थिक सहयोग गरेको थियो।

यसअघि ग्रुपले २०७२ सालको गोरखा भूकम्पमा नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, श्री चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्यहरू गरिसकेको छ।

लक्ष्मी ग्रुपको भगिनी संस्था लक्ष्मी हुण्डाइले अहिलेको विषम परिस्थितिमा एकता र खाँचोमा परेका मानिस र समुदायहरूको मद्दत गर्नमा विश्वास गर्नुका साथै आफ्नो कम्पनीको ‘मानवताको प्रगति’ को प्रतिज्ञातर्फ दृढ प्रतिबद्धता देखाउँदै आएकोसमेत प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ