arrow

कोरोना संक्रमितका लागि गगन थापाले शुरु गरे आफ्नो क्षेत्रमा ‘होम आइसोलेसन सेवा’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
gagan8-1620453881.jpg

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणले भयावह रुप लिंदै गइरहेका बेला नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा भिन्नै स्वास्थ्य अभियानको शुरुवात गरेका छन् ।

कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै गएको काठमाडौंमा थापाले आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ मा कोरोना संक्रमितका लागि ‘होम आइसोलेसन सेवा’ शुक्रबारबाट प्रारम्भ गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा रहेका १२ वटा वडामा थापाले ‘हेल्थ एट होम’सँगको सहकार्यमा आइसोलेसनको अवधिभर आवश्यक चिकित्सकीय परामर्श र स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘अस्पतालमा भीडभाड कम होस, संक्रमितहरुको मनोविज्ञान नखल्बलियोस, आधारभूत स्वास्थ्य परामर्श र सामाग्री सहजै घर घरमा वा टेलिफोनमार्फत सेवा प्रदान गर्न सकियोस भनेर सानो प्रयास गरेका हौं, थापाले भने, ‘कोरोनाविरुद्धको लडाइँमा हामी सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ भन्ने अभिभारालाई पुरा गर्ने प्रयास पनि हो ।’

आफ्नो क्षेत्रमा धेरै ब्यक्तिहरु कोरोना संक्रमित भइ घरमै बसिरहनुभएकाले यस्तोबेला आवश्यक परामर्श वा तत्काल अस्पताल जानु परेमा सो को व्यवस्था मिलाउन नयाँ स्वास्थ्य अभियान शुरुवात गरिएको जानकारी दिए ।

उनले संक्रमण नियन्त्रणका लागि सरकारले जिम्मेवारी दिए पूरा गर्ने तत्परता आफूसँग रहेको जनाउँदै यस पटक सहयोगी हातहरु र सहयोगी साथीहरुको साथ लिएर आफ्नो निर्वाचन क्षेत्रमा यो अभियान शुरु भएको बताए । उनले भने,‘यो अभियानमा संक्रमितहरुलाई अस्पताल लानैपरे लाने नत्र घरमै परामर्श र स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोग गर्नेछौं ।’ 

काठमाडौं महानगरपालिका र बुढानिलकन्ठ नगरपालिका भित्रका १२ वटा वडाका बासिन्दामध्ये संक्रमितहरुलाई आधारभूत स्वास्थ्य सामाग्री र डाक्टरहरुको परामर्श तत्काल उपलब्ध गराउने यो अभियानमा १२ जना स्वयमसेवक परिचालन गरिएको थापाको सचिवालयमा कार्यरत महेश दुलालले जानकारी दिए ।

उनले आधारभूत स्वास्थ्य सामाग्री बाहेक अक्सिजन जुटाउन पनि सहयोग गर्ने र जडानका लागि स्टेनबाइ रहेका डाक्टरहरुले सहयोग गर्ने जानकारी दिए । शुक्रबारबाट प्रारम्भ भएको उक्त अभियानमा संक्रमितले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर प्रष्टसँग खुलाउनु पर्नेछ । उक्त सेवा लिन इच्छुक काठमाडौं क्षेत्र नम्बर ४ बासीले ९८६०३४०५८७ मा सम्पर्क गरी समस्या टिपाउनु पर्नेछ ।



नयाँ