arrow

कोरोना संक्रमणबाट पोखरामा थप तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
corona-virus-awareness.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट शनिबार पोखरामा कास्कीका दुई जनासहित गण्डकीमा थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १३ की ४८ वर्षकी महिला र पोखरा १० का ८१ वर्षका पुरुष रहेका छन् । 

पोखरा १३ की महिलाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार साँझ ५ बजे मृत्यु भएको हो । यी महिलामा वैशाख १३ गते नै कोराना संक्रमण देखिएको थियो ।

यसैगरी पोखरा १० का पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । यी पुरुषमा शुक्रबार नै कोरोना संक्रमण देखिएको थियो ।

यता, पर्वत कुश्मा १ का ४८ वर्षका एक पुरुषको पनि पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको बताइन्छ । उनका वैशाख ७ गते कोरोना पुष्टि भएको थियो ।

योसहित गण्डकी प्रदेशका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ जना पुगेको छ । जसमा पोखराका मात्रै १३९ जना छन् ।



नयाँ