arrow

५३ संक्रमितको मृत्यु,  ८ हजार भन्दा बढी संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख९८ हजार ७ सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै २ हजार २ सय ७० जनामा संक्रमण पुष्टि भएको भने ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ जना संक्रमित थपिएका छन् ।

हाल २ सय ५८ जनाको आइसियु र २ सय ३१ जनाको भेन्टिलेटरमा मृत्यु भइरहेको छ ।



नयाँ