arrow

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार र स्वकीय सचिवलाई पुनः सङ्क्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
surya-thapa.jpg
तस्बिर : फाइल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ।

पिसिआर परीक्षणका क्रममा आफूहरूसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो। शुक्रवार प्रधानमन्त्रीसहित उनका स्वकीय र  निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ