arrow

आइतवारसम्म पनि ओली नसच्चिए माधव पक्षबाट सामूहिक राजीनामा

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २५ शनिबार
oli-nepal.jpg
फाइल तस्विर।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामाको तयारी गरेका छन् । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा नेपाल पक्षको संसदीय दलको बैठकले ओलीले पार्टी विभाजन गर्न लागेको र यसका लागि सबै संभावनाका ढोका बन्द गरेको भन्दै सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । 

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एक पटक पदाधिकारीहरुको बैठक राख्ने र त्यही बैठकले सबै प्रकारका निर्णय गरौँ भन्ने नेपाल पक्षको विषयमा ओलीले असहमति राखेपछि अन्तिम विकल्प राजीनामा नै भएको भन्दै सांसदहरुले त्यसका लागि हस्ताक्षर समेत गरेको स्रोतको दाबी छ । एकपटक पार्टी विवाद अन्त्य गर्ने र सबै मिलेर जाने वातावरण तय गर्नका लागि आइतबारसम्म पर्खने र ओलीले फेरी पनि एमालेको मौजुदा विधान अनुसार अघि नबढ्ने हो भने राजीनामा नै अन्तिम विकल्प भएकाले त्यसका लागि सबै तयार भएको निष्कर्ष निकालिएको थियो । 

स्रोतका अनुसार त्यसकालागि शनिवार नै हस्ताक्षर सङ्कलन गरिसकिएको छ । ‘सामूहिक राजीनामा दिने सहमति भैसकेको छ ओलीले पार्टीलाई एक बनाउने कोसिस गरेनन् हामी धेरै लचक भयौ तर उनले हामीलाई पेल्ने भन्दा अर्को कुनै काम गरेनन् भोलि एक पटक सबैतिरबाट छलफल हुनेछ नत्र राजीनामा दिने गरी हस्ताक्षर सङ्कलन भैसकेको छ’, नेपाल निकट एक नेताले भने । 

बिहीबार प्रधानमन्त्रीको  निवास बालुवाटारमा दुवै पक्षका दोस्रो तहका नेताहरू ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल पक्षबाट घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टका बीचमा छलफल भए पनि विवाद मिलाउने गरी छलफल भएको थियो । त्यस क्रममा पुरानो स्थायी कमिटीको बैठक बस्ने र पदाधिकारीहरुलाई यथावत् राख्ने कि नराख्ने भन्ने बारेमा छलफल भएको थियो । तर ओलीले पदाधिकारीलाई यथावत् नराख्ने भनेपछि संवाद नै टुटेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ