arrow

मनाइँदै कानून दिवसः यसो भन्छन् प्रधानन्यायाधीश जबरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो  प्रतिबद्धता व्यक्त गरेका छन् । 

कानून दिवस, २०७८ का अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरेका छन् । 

विसं २००९ मा यसै दिन प्रधान न्यायालय स्थापना भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ