arrow

देउवा निवास पुगे महन्थ र राजेन्द्र, बदलिँदै रणनीति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
deuba-thakur.jpg
तस्वीर–फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् । 
 
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसको थप रणनीति बुझ्न उनीहरु आइतबार बिहानै देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । 

एमाले भित्रको खनाल–नेपाल पक्षले समेत प्रधानमन्त्री ओलीलाई साथ नदिने तयारी गर्दै गर्दा उनीहरु देउवालाई भेट्न पुगेका हुन् ।
 
कांग्रेस उच्च स्रोतका अनुसार खनाल–नेपाल पक्षले ओलीलाई साथ नदिने भएमा जसपा पनि ओलीलाई साथ नदिने रणनीति बनाउँदै छ । त्यही रणनीतिको तयारीका लागि उनीहरु कांग्रेस नेताहरुसँग भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् । कांग्रेस र नेकपा माओवादी केन्द्रले विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले ओलीको विपक्षमा मत हाल्नुपर्छ भने पनि ठाकुर महतो भने ओलीलाई साथ दिनुपर्छ भन्दै लागिरहेका छन् । 

तर एमालेभित्रकै खनाल–नेपाल पक्षसमेत ओलीको विरुद्धमा लागेपछि भने ठाकुर र महतोले पनि विपक्षमै मत दिने रणनीति बनाएको बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ