arrow

विपक्षी दलका नेता र सभामुख विनै संवैधानिक परिषदको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
sambaidhinak parisad.jpg
तस्विर : राजन काफ्ले(प्रधानमन्त्रीको निजी सचिवालय)

काठमाडौं । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् ।

संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको विषयमा छलफल गर्न बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा सहभागी भए ।

सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै परिषद बैठक बस्न सक्ने गरी सरकारले यसअघि नै संवैधानिक परिषद अध्यादेश ल्याएको छ । तर उक्त अध्यादेशको विरोध भइरहेको छ ।

सभापति देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीशलाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ