arrow

रिक्त संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस, निर्णय सार्वजनिक गर्ने तयारी हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
sambaidhinak parisad.jpg

काठमाडौं । आइतबार विहान वालुवाटरमा बसेको संवैधानिक परिषदको बैठकले रिक्त संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस गरेको छ ।

बैठकमा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाका अनुसार रिक्त रहेका निकायहरुमा पदाधिकारीको नाम सिफारिस भइसकेको छ । उनले भने,‘छलफलका क्रममा सिफारिस गरिएका नामहरुको निर्णय लिपिवद्ध भएर केही समयमा सार्वजनिक हुनेछन् ।’ सिफारिस भएका नामहरु भने उनले खुलाउन चाहेनन् । केही समयपछि निर्णय भएका सबै नामहरु उपलब्ध गराइने बताए ।

परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए । बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाभने सहभागी भएनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ