arrow

देउवालाई भेटेर वालुवाटार छिरे महन्थ र राजेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
oli-mahantha-mahato-kp.jpg
mahanta

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई भेटेर जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो वालुवाटार छिरेका छन् ।

उनीहरु देउवासँगको भेटपछि आफ्नो धारणा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाउन बालुवाटार पुगेका हुन् ।

अहिलेसम्म जसपा आधिकारिक रुपमा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे खुलेको छैन । तर कांग्रेसले ओलीलाई मत नदिने भएपछि उनीहरु अलमलमा परेका छन् ।

सम्भवतः जसपा पनि ओलीलाई विश्वासको मत नदिने र सकेसम्म तठस्थ बस्ने रणनीतिमा छ । किनेभने आफ्नो दल भित्रको आन्तरिक विवाद पनि यतिबेला महन्थलाई निर्णय गर्न तगारो बनिरहेको छ ।

जसपा भित्रका नेताहरु बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीलाई मत नदिने र वैकल्पिक सरकार बनाउने पक्षमा कांग्रेससहित माओवादी केन्द्रको कित्तामा उभिंदै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ