arrow

शंकर पोखरेलको सत्ता सङ्कटमा, फेरि अविश्वास प्रस्ताव दर्ता 

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २६ आइतबार
shankar-pokharel.jpg
शंकर पोखरेल। (फाइल तस्विर)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता हप्ता दिन नबित्दै सङ्कटमा परेको छ । उनी विरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्रका ४० सांसदले आइतबार  अविश्वास प्रस्ताव दर्ता गरेसँगै पोखरेलको सत्ता सङ्कटमा परेको हो । 

कांग्रेसका मुख्य सचेतक फखरुद्दिन खानका अनुसार मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता भएको छ । गएको आइतबार मात्रै पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर पुनः मुख्यमन्त्रीको शपथ खाएका थिए । उनले त्यो बेला संसदीय प्रक्रियाबाट नभई केन्द्रको आदेश र फर्जी हस्ताक्षर सङ्कलन गरेर सत्ता हत्याएका थिए । 

उनले विपक्षी गठबन्धनविरुद्ध चलाखी गरेर ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । उनको पोल लगत्तै खुल्यो, हस्ताक्षर सङ्कलन गरिएका मध्ये केही सांसद अनुपस्थित थिए । नभन्दै उनी विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ