- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतको जाइडस क्याडिला फार्मास्युटिकल्सले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सञ्चालनमा आउने सम्भावना बढेको छ । जाइको डी नाम दिएको यो खोप २८ हजार मानिसहरूमा तेस्रो चरणको परीक्षण गरिएको छ ।
यो खोप कति प्रभावकारी छ भन्ने तथ्याङ्क मेमहिनासम्ममा आइसक्ने कम्पनीले जनाएको छ । मे महिनाभित्रै यो खोप आपतकालिन प्रयोगका लागि अनुमति पाउने कम्पनीकाे भनाइ छ । जाइको डीले प्रत्येक महिना १ करोड डोज उत्पादन गर्न सक्ने बताएको छ ।
कम्पनीका एमडी शर्विल पटेलले आज तकसँगको अन्तवार्तामा बोल्दै खोपको परीक्षण नतिजा सकारात्मक आउने विश्वास व्यक्त गरेका छन् । यसअघिका परीक्षणमा खाेप निकै प्रभावकारी देखिएका कारण मेमहिना भित्रै खाेपले प्रयाेगका लागि अनुमति पाउने कम्पनीले जनाएकाे छ ।
यसअघि यो कम्पनीले बनाएको भेराफिन पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको थियो । यसलाई भारतले आपतकालिन प्रयोगका लागि अनुमती समेत दिइसकेको छ ।
यअघि भारतमा काेराेनाविरुद्ध काेभ्याक्स खाेप बनेकाे छ भने, एस्ट्राजेनेका र अक्सफाेर्डकाे खाेप भारतमा काेभिसिल्ड नाम दिएर उत्पादन भइरहेकाे छ ।