arrow

संसदको विशेष अधिवेशन: संक्रमित सांसदहरुका लागि मतदानको व्यवस्था मिलाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
savamukh.jpg

काठमाडौं । कोरोना संक्रमित भएका प्रतिनिधिसभा सदस्यहरुलाई मत हाल्न पाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिले छलफल शुरु गरेको छ ।

सोमबार बस्न लागेको संसद बैठकका लागि कार्यसूची तय गर्न र मत हाल्न पाउने व्यवस्था मिलाउन कार्यव्यवस्था तथा परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार विशेष अधिवेशनको बैठक बस्दैछ।

तर विशेष अधिवेशन अघि गरिएको सांसदहरुको कोरोना परीक्षणमा २६ सांसद संक्रमित भएपछि उनीहरुका लागि मत हाल्न पाउने व्यवस्था मिलाउने बिषयमा बैठकले निर्णय गर्नेछ ।

साथै बैठकमा संक्रमित तथा पीसीआर नगरेका सांसदको उपस्थिति र मतदान लगायतको आवश्यक व्यवस्थापनका सम्बन्धमा छलफल भइरहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन् । त्यस्तै बैठकमा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पनि बैठकले गर्नेछ।

यद्यपी, संक्रमित भएका सांसदहरुलाई मत हाल्नका लागि स्वास्थ्य मापदण्ड अपनाइ बेग्लै कोठामा राखेर मतदान गर्न पाउने व्यवस्था मिलाउने तयारी छ । 
 



नयाँ