arrow

कसको सिफारिसमा क-कस्ले पाए संवैधानिक परिषदबाट नियुक्ती ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
sambaidhinak parisad-1620550745.jpg

काठमाडौं। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको बहिष्कारका वावजुद प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्त गरेको छ ।

वैठकमा सहभागी निकट स्रोतका अनुसार अख्तियारको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम निर्णय भएको छ । प्रधानमन्त्री  ओलीको प्रस्तावमा उनको निर्णय भएको हो।

पर्वतका  रेग्मी विभागको प्रमुख हुँदा प्रधानमन्त्री ओलीले नै हटाएका थिए । अहिले उनै ओलीको प्रस्तावमा रेग्मीको अख्तियारको आयुक्तमा नियुक्ती भएको छ।

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको निर्णय भएको छ । सर्वोच्चका न्यायधिश कुमार रेग्मीका सहोदर दाई माधव रेग्मी प्रधानन्यायाधिश चोलेन्द्र शम्शेरको प्रस्तावमा ल्याइएका हुन् । राणाका निकट रेग्मी उनै न्यायाधिश हुन् जसले नेकपाको एकतालाई भंग गर्दै पूर्ववत एमाले र माओवादी केन्द्र बनाउने फैसला गरेका थिए।

निर्वाचन आयोगको सदस्यमा भने पूर्वसचिव वीरबहादुर राई सिफारिस भएका छन् । उनी यसअघी पनि निर्वाचन आयोगमा बसेर काम गरेका व्यक्ति हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा उनको नाममा निर्णय भएको हो । उनी पनि एमाले निकट हुन् । बैठकमा प्रधानमन्त्रीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ