arrow

पार्टी हित विपरीतको अपराध कर्ममा लाग्नेलाई इतिहासले माफी नगर्ने ओलीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
kp-oli111-1619858602.jpg

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी हित विपरीतका क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी नगर्ने बताएका छन्। आइतबार एक विज्ञप्ति निकाल्दै ओलीले भोलि हामी जनतालाई के जवाफ दिन्छौँ भन्दै पार्टीका नेता कार्यकर्तालाई प्रश्न गरेका छन्। उनले पार्टी हित विपरीतको अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन पार्टी अध्यक्षको हैसियतले सबैलाई आह्वान र आग्रह गरेका छन् ।

पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नहुने विश्वास पनि ओली उल्लेख गर्दै ओलीले दिलाएका छन्। सामूहिक राजीनामा र फ्लोर क्रसको कुरा एमालेभित्रै चलिरहँदा आइतबार प्रधानमन्त्रीले विज्ञप्ति मार्फत पार्टी मजबुत बनाउने अभियानमा सबैलाई सरिक हुन अपिल गरेका हुन् ।

ओलीले अगाडी भनेका छन्, ‘ यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमानदार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छ ।’

यस्तो छ ओलीले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ
राणा शासनको अन्धकार युगमा सुन्दर भविष्य र सङ्कल्पका साथ स्थापित, सङ्गठित र सक्रिय भई अघि बढेको वामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ । राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ । जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी- नेकपा (एमाले)लाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो।
कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहङ्कार, असन्तुष्टि र ईर्ष्या छन् । यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार बनाउनु हुँदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरूको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद प्रवृत्तिहरू पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयुक्त होइनन् र यी हानिकारक छन् ।
के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौँ, भोलि हामी जनतालाई के जवाफ दिन्छौँ । तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु । यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमानदार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति आन्दोलनलाई क्षति पुर्‍याउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छ ।
भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखा पाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छ । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान् कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ