arrow

'कांग्रेस नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
narayankaji-shrestha.jpg

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।  सदरमुकाममा आइतबार पत्रकारसँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले काँग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी रहेको बताए । 

‘अहिले काँग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, उनले भने, ‘हाम्रो पार्टीले स्पष्ट रूपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौँ ।’

‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि(सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’

प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रूपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए । 

प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र  सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको विचार राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ