arrow

प्रम ओलीका पक्षमा विश्वासको मत दिन एमालेको ह्विप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
kp-sharma-oli4.jpg

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ । 

भोलि सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार एक पत्र जारी गर्दै सांसदहरूलाई प्रधानमन्त्रीका लागि विश्वासको मतका पक्षमा मतदान गर्न ह्विप लगाएका हुन् ।
 
उनले पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्विप जारी गरिएको भनेका छन् ।  प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ