arrow

ओली-नेपाल विवाद मिलाइने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
oli-madhav.jpg.jpeg

काठमाडौँ ।  नेकपा(एमाले)को विवाद मिलाउन आइतवार नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गरेका छन्  । 

विभाजनको डिलमा पुगेको एमाले जोगाउने कसरत स्वरूप अहिले दुवै पक्षका नेता वार्तामा बसेका हुन्।

माधव पक्षबाट स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणि चौधरीलगायतका नेता सहगामी थिए।

सिंहदरबारमा भएको सो भेटपछि  एकताका लागि सबै सकारात्मक रहेको जनाउँदै नेता नेम्वाङले  आपसमा चाँडै अर्को वार्ता गरी समस्याको समाधान गरिने विश्वास  सञ्चारकर्मीलाई व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ