arrow

ओलीको वक्तव्यको भाषाप्रति आपत्ति

नेपाल पक्षले ओलीलाई दियो सोमवार बिहान ९ बजेसम्मको अल्टिमेटम

ओलीको वक्तव्यको भाषाप्रति आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
nepal-khanal-cpn.jpg

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहले पार्टी एकताको अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको छ । 

बैठकले पार्टी एकताको प्रयासलाई अन्तिम रूप दिने दायित्व एमाले अध्यक्ष केपी ओलीको नै रहेको भन्दै आइतबार अध्यक्षबाट जारी गरिएको विज्ञप्तिमा अवाञ्छित शब्द राखिएको प्रतिसमेत आपत्ति जनाएको छ । 

बैठकको निर्णय सुनाउँदै नेता योगेश भट्टराईले आफूहरूले पार्टीलाई पूर्ववत् अवस्थामा नै अर्थात् २०७५ जेठ २ को अवस्थामा फर्काउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको, एकताको प्रयास गर्न भनेको उल्लेख गर्दै सहमतिको प्रतिबद्धता जनाए विश्वासको मतका पक्षमा मतदान गर्ने जनाए । 

त्यसका लागि सोमबार बिहान ९ बजेसम्मको समय प्रधानमन्त्रीलाई दिइएको उनले सञ्चारकर्मीहरूसँगको संवादमा भनेका छन् । उनले बैठकमार्फत आफ्ना पक्षका सबै सांसदहरूको राय लिइएको र पार्टी भित्र सहमतिको वातावरण नबने कठोर निर्णय लिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ