नेपाल पक्षले ओलीलाई दियो सोमवार बिहान ९ बजेसम्मको अल्टिमेटम
ओलीको वक्तव्यको भाषाप्रति आपत्ति
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
951
Shares
काठमाडौँ। नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहले पार्टी एकताको अन्तिम प्रयास जारी राख्ने निर्णय गरेको छ ।
बैठकले पार्टी एकताको प्रयासलाई अन्तिम रूप दिने दायित्व एमाले अध्यक्ष केपी ओलीको नै रहेको भन्दै आइतबार अध्यक्षबाट जारी गरिएको विज्ञप्तिमा अवाञ्छित शब्द राखिएको प्रतिसमेत आपत्ति जनाएको छ ।
बैठकको निर्णय सुनाउँदै नेता योगेश भट्टराईले आफूहरूले पार्टीलाई पूर्ववत् अवस्थामा नै अर्थात् २०७५ जेठ २ को अवस्थामा फर्काउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको, एकताको प्रयास गर्न भनेको उल्लेख गर्दै सहमतिको प्रतिबद्धता जनाए विश्वासको मतका पक्षमा मतदान गर्ने जनाए ।
त्यसका लागि सोमबार बिहान ९ बजेसम्मको समय प्रधानमन्त्रीलाई दिइएको उनले सञ्चारकर्मीहरूसँगको संवादमा भनेका छन् । उनले बैठकमार्फत आफ्ना पक्षका सबै सांसदहरूको राय लिइएको र पार्टी भित्र सहमतिको वातावरण नबने कठोर निर्णय लिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।