arrow

ओलीलाई आजै बिदाई गर्नुपर्ने चार कारण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
Baburam-bhattrai-stage.jpg.jpeg
तस्वीर– डा. बाबुराम भट्टराई, फाइल ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाई गर्नुपर्ने चार कारण खोलेका छन् । 

उनले सामाजिक संजाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै चार कारण खोलेका हुन् । 

पहिलो कारणमा उनले कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको भनी उल्लेख गरेका छन् । दोस्रो कारणमा उनले संविधान विपरीत संसद बिघटन गरेर दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको आरोप लगाएका छन् । 

तेस्रो कारणमा उनले संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको बताएका छन् । 

त्यस्तै डा. भट्टराईले ओली हट्नुपर्ने चौथो कारणमा खोप–औषधि खरिदमासमेत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । 

ओलीले सोमबार दिउँसो १ बजे संसदमा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने सम्भावना छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ