arrow

भेरी अस्पतालमा थप तीन कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
corona-killed-final.jpg

नेपालगन्ज । बाँकेमा उपचाररत थप तीन जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ।

भेरी अस्पतालमा उपचाररत गुलरिया–७ बर्दियाकी ४६ बर्षीया महिला, बर्दिया बाँसगढी नगरपालिकाका ६८ बर्षीय पुरुषको गएराती क्रमश १० बजे र ११ः५० बजे मृत्यु भएको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज १९ का ५१ बर्षीय पुरुषको आज बिहान ७ बजे भेरी अस्पतालमामा मृत्यु भएको छ। यो संगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको  संख्या १८८ र बाहिरी जिल्लाको मृतकको संख्या १४१ पुगेको छ।



नयाँ