arrow

‘इलाभेन्थ आवर’मा खनाल–नेपाल समूहलाई यसो भने ओलीले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
kp-oli111-1619858602.jpg

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद ‘इलाभेन्थ आवर’ मा पुगे पनि खनाल–नेपाल पक्षसँग जिस्किने सन्देश सम्प्रेषण गरेका छन् । 

उनलाई आफूहरुका माग पूरा गर्न खनाल–नेपाल समूहले सोमबार बिहान ९ बजेसम्मको समय दिए पनि दुई घण्टा ढिला गरी सामाजिक संजाल ट्वीटरमा मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका हुन् । 

एमालेकै खनाल–नेपाल पक्षका सांसदहरुले ओलीलाई समर्थन नदिइ संसदमा नजाने निर्णय गर्दासमेत ओली भने उनीहरुसँग जिस्किएका हुन् । 

तर राजीनामा पनि नदिने र संसद पनि नजाने निर्णय खनाल–नेपाल समूहले गरेपछि भने यो ट्वीटले पनि धेरै अर्थ राखेको विश्लेषण गर्न सकिन्छ । उनले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । 

उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

त्यस्तै ओलीले अगाडि लेखेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ