arrow

११ वटा संवैधानिक निकायमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस(नामावली)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
sambaidhinak parisad-1620550745.jpg

काठमाडौं । आइतबार विहान वालुवाटरमा बसेको संवैधानिक परिषदको बैठकले रिक्त संवैधानिक निकायहरुमा २० जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाले हाम्राकुरालाई दिएको जानकारी अनुसार परिषद्को बैठकले ११ वटा संवैधानिक आयोगहरुमा रिक्त रहेका २० पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित बैठकले रिक्त निकायहरुमा नियुक्तिका लागि सिफारिस गरेको हो।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सिफारिस भएका नामहरु संसदीय सुनुवाइका लागि संसद्को सुनुवाइ समितिमा पठाइने र स्वीकृत भएपछि राष्ट्रपतिलेले नियुक्ती गर्नेछिन् । राष्ट्रिय सभा अध्यक्षको सचिवालयबाट प्राप्त नामहरु:

लोकसेवा आयोग
अध्यक्ष–माधवप्रसाद रेग्मी(झापा)
सदस्य– माधव बेलबासे (कपिलवस्तु)
सदस्य– वीरबहादुर राई (इलाम)
सदस्य– दिनेश सिलवाल (ललितपुर)
सदस्य– मन्जु कुमार (महोत्तरी)

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
सदस्य–हरि पौडेल(वाग्लुङ)
सदस्य–सुमित्रा श्रेष्ठ(ललितपुर)

निर्वाचन आयोगको आयुक्त
सदस्य–सगुनशमशेर जबरा (रुपन्देही)

महिला आयोग
सदस्य–जया घिमिरे (धनुषा)
सदस्य–सावित्रीकुमारी शर्मा तिवारी(पर्वत)

प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य– विपिनराज निरौला (पाँचथर)
सदस्य– सुधाकुमारी झा(धनुषा)

दलित आयोग
सदस्य– सुन्दर पुर्कोटी(काठमाडौं)

समावेशी आयोग
अध्यक्ष– रामकृष्ण तिम्सिना(कास्की)
सदस्य– पुष्पराज तिमिल्सिना(पर्वत)
सदस्य–मानप्रसाद खत्री (बझाङ)

आदीवासी जनजाती आयोग
सदस्य– सूर्यबहादुर गुरुङ (खोटाङ)

मधेशी आयोग
सदस्य– आधाकुमारी (सप्तरी)

थारु आयोग
सदस्य–उमाशंकर चौधरी(नवलपरासी पश्चिम-बर्दघाट सुस्ता)

मु्स्लिम आयोग
सदस्य–मोहम्मद समशुल हक(सर्लाही)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ