arrow

सिसीएमसीले तोक्यो अक्सिजन कोटा, कुन अस्पतालले कति पाउँछ (सुचिसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
health-ministry.jpeg

काठमाडौं। कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले काठमाडौंका विभिन्न अस्पतालहरुका लागि दैनिक चाहिने अक्सिजन सिलिण्डरको कोटा निर्धारण गरेको छ।

शनिबार मात्रै स्वास्थ्य मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन विभागले काठमाडौं उपत्यकाका नौ अक्सिजन उत्पादक कम्पनीहरुलाई मन्त्रालयको सिफारिस बीना अक्सिजन विक्री वितरण नगर्न निर्देशन दिएको थियो।

त्यसपछि सोमबार अक्सिजनको अभावलाई थप व्यवस्थीत बनाउँन सीसीएमसीले काटा निर्धारण गर्दै कम्पनीहरुलाई निर्धारित भन्दा बढी अक्सिजन नदिन पत्राचार गरेको हो।

देशभरका अस्पतालहरुमा यसरी नै सीसीएमसीले आवश्यक्ता अनुरुप कोटा निर्धारण गरी अक्सिजनको व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ।

यस्तो छ विभिन्न अस्पतालहरुका लागि निर्धारित कोटा:



नयाँ