arrow

ठाकुरको विज्ञप्तिपछि डा.भट्टराईले भनेः राष्ट्रिय समस्याहरुको समाधान गरौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
baburam2.jpg

काठमाडौं । नयाँ सरकार गठनको कसरत चलिरहेका बेला संसद्को निर्णायक शक्ति मानिएको जनता समाजवादी पार्टीभित्र विवाद चर्किरहेका बेला संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई नरम रुपमा प्रश्तुत भएका छन् । 

उपेन्द्र यादव र डा.भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा जुटेका बेला महन्थ ठाकुरको सोमबारको विज्ञप्तिप्रति डा.भट्टराई कुनै प्रतिक्रिया जनाएका छैनन् ।

मंगलबार विहान सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा.भट्टराईले जसपा एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् । बल दलहरुको कोर्टमा आएकोले लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरुको समाधान गर्नुपर्ने डा.भट्टराईको भनाइ छ ।

उनले राष्ट्रिय समस्याहरुको समाधानका लागि दलीयरगुटीय सोचभन्दामाथि उठ्नु अहिलेको आवश्यकता हो भनेका छन् । यादव र डा.भट्टराई  विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने कसरतमा रहेका बेला ठाकुर र महतो सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ