arrow

स्वास्थ्य संकटकाल लाग्नेबारे जानकारी छैन : स्वास्थ्य मन्त्रालय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
mohp-building.jpeg

काठमाडौं। स्वास्थ्य संकटकाल लगाउनेबारे जानकारी नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संकटकाल लगाउनेबारे छलफल एवं तयारी के भइरहेको छ ? भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफुलाई थाहा नभएको बताएका हुन् ।

केही दिनअघि सङ्कटकाल लगाउनेबारे छलफल भएको मन्त्रालयले जनाएको थियो । अहिले देशभर कोरोना भाइरसको सङ्क्रमण भयावह अवस्थामा पुगेका बेला स्वास्थ्य सङ्कटकाल लाग्ने टीकाटिप्पणीहरू आइरहेका छन् । तर, स्वास्थ्य मन्त्रालयले आफूले जानकार नरहेको बताउँदै अहिलेसम्म निष्कर्ष नभइसकेको देखिन्छ ।

सीसीएमसीले यसबारे प्रस्ताव मन्त्रिपरिषद्मा लगेमा र त्यसपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेमा स्वास्थ्य सङ्कटकाल लाग्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ