arrow

संक्रमणबाट पोखरामा थप ६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
pokhara-2.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१७ का ८४ वर्षीय पुरुष, पोखरा-१६ की ६० वर्षीया महिला, पोखरा-६ का ५२ वर्षीय पुरुष, पोखरा-२१ का ८० वर्षीय पुरुष, पोखरा-६ की ३२ वर्षीया महिला र पोखरा-८ का ६५ वर्षीय पुरुष छन् । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जनासहित रुपन्देहीका दुई जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक-एक जनाको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका-१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको गएराति सवा १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका-९ की ५२ वर्षीया महिला, बेनी १ का ६९ वर्षका पुरुष, स्याङ्जाको भीरकोट नगरपालिका-१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका-१ की ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको डा. शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ