arrow

अस्पतालहरुमा तत्काल अक्सिजन उपलब्ध हुन नसके ठूलो दुर्घटना हुनसक्छ: गगन थापा

‘अस्पतालहरु अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
Gagan-Thapa-gaidakot.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले अक्सिजन आपूर्ति र वितरण बेलैमा सहज बनाउन नसके भयावह स्थित सिर्जना हुनसक्ने संकेत गरेका छन् ।

थापाले भिडियोमार्फत अक्सिजनको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल अर्थात आज नै अक्सिजनको समस्या समाधान गर्न आग्रह गरेका छन् । 

आफूले विगतका बर्षहरुदेखि अक्सिजन उत्पादन वा पूर्वाधारमा ध्यान दिऔं, लगानी गरौं भन्दापनि चासो नदिंदा आज स्थिति नाजुक भएको उनले बताए । ‘मलाई अस्पतालबाट दर्जनौं व्यक्तिहरुले फोन गरेर अस्पतालमा विरामी छन्, अस्पतालले विरामी लैजाउ भन्दैछन् नत्र अक्सिजन आफैं खोज भन्दैछन् । अस्पतालको प्रशासक, व्यवस्थापक, संचालकहरुसँग कुरा गर्दा हामीसँग स्वास्थ्य मन्त्रालयले तोकेको कोटा नै थोरै छ । तोकिएको कोटा पनि उपलब्ध हुन सकिरहेको छैन् । अब हामी हात उठाउनु बाहेक अर्को विकल्प छैन् भनिरहनु भएको, थापाले भनेका छन् ।

थापाले प्रधानमन्त्रीसँग जनताको जिवन रक्षाको पहल गर्न अनुरोध गर्दै लेखेका छन्,‘अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरु अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ।’ चिकित्सकसँगको कुराकानीको प्रशंग जोड्दै थापाले अगाडि भने,‘अब हामीले पनि हात उठाऔं, बरन्डामा राखेर उपचार गरिरहेका छौं । नयाँ विरामी लिन सकिरहेका छैनौं । भएकालाई अक्सिजन पुर्याउन सकिरहेका छैनौं । अक्सिजनको क्वालिटी ठिक नभएका कारण संघन उपचार प्राप्त गरेका विरामी बाच्ने अवस्था हुँदाहुँदै पनि मरिरहेका छन् । हामी टुलुटुलु हेरेर बसिरहेका छौं ।’

थापाले यस्तो अवस्थामा भोली के होला थाहा छैन तर प्रधानमन्त्री तहबाट प्रयास भयो भने अक्सिजनका लागि पहल गरिदिन आग्रह गरेका छ्न् । यदि यो समस्या समाधान भएन भने ठूलो दुर्घटना हुनसक्ने उले औंल्याएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ