arrow

भारतीय भेरियन्टको कोरोना भाइरस 'विश्वकै लागि चिन्ता'को विषय : डब्लुएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
world-health-organization-who.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले भारतीय भेरियन्टको कोरोना भाइरस 'विश्वकै लागि चिन्ता'को विषय भएको बताएको छ । प्राथमिक अध्ययनबाट बी.१.६१७ म्युटेसनको भारतीय भेरियन्ट अरु भेरिअन्ट भन्दा बढी सङ्क्रामक देखिएको डब्लुएचओले बताएको हो ।

डब्लुएचओका अनुसार यो भेरिअन्ट अहिले ३० भन्दा बढी देशमा फैलिसकेको छ । दक्षिण अफ्रिकी, बेलायती र ब्राजिलियन भेरियन्टको कोरोना भाइरसलाई पनि डब्लुएचओले यसै सूचिमा राखेको छ ।

कुनै पनि भेरियन्टको भाइरस बढी सङ्क्रामक, बढी प्राण घातक र एन्टीबडीलाई जित्ने किसिमको अथवा खोप वा औषधिले समेत जित्न नसक्ने मध्ये कुनै एक किसिमको स्वरूपमा परिणत भएपछि त्यसलाई  विश्व चिन्ताको रूपमा राखिन्छ ।

भारतका अचानक अत्यधिक सङ्क्रमण बढ्नुको पछाडि नयाँ भेरिअन्ट नै कारक हो कि भन्ने विषयमा अध्ययन भइरहेको छ ।

 



नयाँ