arrow

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त, पूर्वरानीको स्वास्थ्य सुधारोन्मुख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
gyandra-komal.jpg

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् ।अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार दुई दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको हो । 

अस्पतालका कम्युनिकेशन तथा पिआर प्रमुख सोमनाथ वाँस्तोलाले भने,‘ रिपोर्ट नेगेटिभ आएसँगै उहाँ डिस्चार्ज गर्न सकिने अवस्थामा हुनुहुन्छ । अक्सिजनको आवश्यक्ता पनि पर्न छडेको छ ।’

पूर्वरानी कोमल शाहको अवस्था पनि सुधारोन्मुख रहेको उनले बताए । ‘उहाँलाई पनि विस्तारै सुधार हुँदैछ, अक्सिजनको मात्रा घटाइएको छ,’ वाँस्तोलाले भने । उनलाई आइसियूबाट वार्डमा सारेर उपचार भइरहेको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको पनि कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

१८ दिनअघि नै अस्पताल भर्ना भएका पूर्वराजा–रानीलाई भारतमा कुम्भमेलामा सहभागी भएर फर्किए लगत्तै संक्रमण पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ