arrow

अक्सिजन अभाव भएको भन्दै नेपाल मेडिकल कलेजमा उपचाररत सबै संक्रमितको डिस्चार्जको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
NMC.jpg

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकास्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव भएको भन्दै डिस्चार्ज गर्ने भएको छ ।

मेडिकल प्रशासनले मंगलबार एक सूचना जारी गर्दै मंगलबार साँझ ४ बजेपछि अत्ति आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउन नसक्ने भन्ने संक्रमितहरुलाई डिस्चार्ज हुन भनेको छ ।

‘अक्सिजन सप्लाइ गर्ने सोपान फर्मासिउटिकल्स लिमिटेडको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलब्ध हुन सक्ने अवस्था न्यून रहेको जानकारी प्राप्त भएको र अन्यन्त्रबाट समेत अक्सिजन उपलब्ध हुन नसकेको हुँदा अस्पतालमा भएको अक्सिजनले आज मिति २०७८ बैशाख २८ गते साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले यसबाट विरामीको स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुनसक्ने देखिएको हुँदा सो अगावै आ–आफ्नो व्यवस्था गर्नहुन सम्बन्धित सबै विरामी पक्षलाई सूचित गरिन्छ’ भनिएको छ ।

अक्सिजन उपलब्ध हुन नसक्ने भएपछि नै विरामीको डिस्चार्ज गर्न लागिएको मेडिकल कलेजका प्रशासकीय अधिकृत ज्योति खड्काले बताए । उनले भने, ‘यो कुनै रमाइलोको लागि गरिएको निर्णय होइन, अवस्था नभएर नै हो,’ उनले अगाडि भने,‘सकेसम्म अक्सिजनको जोहो गर्ने प्रयास भने जारी राखेका छौं ।’ अस्पतालमा हाल ९० जना कोरोना संक्रमित विरामी भर्ना भएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ